`

बहु-ध्रुवीकरणमा इयु स्वतन्त्र शक्तिः चीन

Nepal One HD १५ मंसिर २०८० ७:५९
विश्व

चीनले युरोपेली सङ्घ (इयु) लाई बहुध्रुवीकरणमा स्वतन्त्र शक्तिको रूपमा लिएको छ । युरोपको विकास र वृद्धि सहित युरोपेली सङ्घको रणनीतिक स्वतन्त्रतालाई समर्थन गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बताउँनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य समेत रहनु भएका वाङले चीन र युरोपेली सङ्घ एक अर्काका प्रतिद्वन्द्वी नभई साझेदार रहेको र मानव सभ्यताको प्रगतिलाई संयुक्त रूपमा अगाडि बढाउन एकअर्कालाई सम्मान र प्रशंसा गर्नुपर्छ भन्ने चीनले सधैं विश्वास रहेको उल्लेख गर्नु भएको छ । उहाँले स्लोभेनियाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तान्जा फाजोनसँगको भेटघाटका अवसरमा सो धारणा राख्नु भएको हो ।

स्लोभेनियाले युरोपेली सङ्घ भित्र रचनात्मक भूमिका खेल्ने, इयुलाई चीनप्रति थप स्वतन्त्र, वस्तुनिष्ठ र मैत्रीपूर्ण विचार बनाउन मद्दत गर्ने र चीन र युरोपेली संघबीचको खुला सहयोगमा सक्रिय समर्थन र सहभागी हुने चीनले आशा गरेको पनि वाङले बताउनु भएको छ ।


प्रतिक्रिया