उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते
विश्व
उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् ।
सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय समय अनुसार बिहान एकबजे सो आक्रमण भएको हो । घटनाको अनुसन्धान जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
