`

दुर्गा प्रसाईं जस्ताको स्याल हुइँया केही दिनमै सकिन्छ : नेता पाण्डे

Nepal One HD २६ मंसिर २०८० १६:५०
राजनीति

भक्तपूर । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले सरकारले जनताको भावना अनुसार अझैपनि काम गर्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा नेता पाण्डेले वर्तमान सरकार गठन भएको ११ महिना हुँदा पनि जनताको भावना अनुसार अझैपनि काम गर्न नसकेको बताएका हुन् । विगत ११ महिनामा गठबन्धन सरकारले मुलुकको विकासका लागि नीतिगत काम गरेको भएतापनि सरकारले आगामी दिनमा फड्को मार्ने काम गर्नुपर्ने उनले बताए ।

संविधानमा ल्याइएको अधिकारहरुलाई कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्नेमा उनको जोड छ । उनले संघीय लोकतान्त्रिक गणन्तन्त्रको कुनै विकल्प नभएको र दुर्गा प्रसाईं जस्ताको स्यालको हुइँया अबका केही दिनमा समाप्त भएर जाने दावी गरे ।


प्रतिक्रिया