`

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध

Nepal One HD २६ मंसिर २०८० २२:०४
समाचार

भक्तपुर । भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

लशान नगरपालिका उपप्रमुख लेइ चियनसिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार दुवै नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायत क्षेत्रमा सहयोग आदानप्रदान हुनेछ । 

लशान नगरपालिकाका उपप्रमुखले दुई नगरबीचको सहकार्यबाट आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। 

त्यसअघि चिनियाँ टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्र, ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको भ्रमण गरेकोे थियो ।


प्रतिक्रिया