`

भ्रष्टाचारबिरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन

Nepal One HD २८ मंसिर २०८० १३:४३
समाचार

काठमाडौँ / नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारबिरुद्ध आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

कांग्रेस सरकारमा रहदा कुशासन किन? भन्दै नेविसंघले बिहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

उनीहरुले एनसेल प्रकरणमा अरवौं भ्रष्टाचार भएकाले यसको गम्भीर रुपमा छानविन गर्नुपर्ने माग गरेका छन् । मुखमा मुकुण्डोसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले तस्करी गर्न पाईदैन, माफियाहरु होसियार लगाएतका नारा लगाएका थिए ।


प्रतिक्रिया