अल्जेरिया स्विट्जरल्यान्डसँग स्तब्ध, अन्तिम ३२ बाटै विश्वकप यात्रा समाप्त
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ मा अल्जेरिया स्वीटजरल्याण्डसँग २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको अल्जेरिया नकआउट चरणको पहिलो खेलमै स्तब्ध बनेको हो।
क्यानडाको बीसी प्लेसमा भएको खेलमा स्विट्जरल्यान्डले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्यो। खेलको १०औँ मिनेटमा ब्रिल एम्बाेलाेले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। जाेहान मानजाम्बीको उत्कृष्ट पासलाई एम्बोलोले सदुपयोग गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको अल्जेरियाले दोस्रो हाफको सुरुमै अर्को झट्का बेहोर्यो। दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै डान एनडाेएले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए। त्यसपछि अल्जेरियाले खेलमा फर्कने प्रयास गरे पनि स्विस रक्षापंक्ति तोड्न सकेन।
८१औँ मिनेटमा स्विट्जरल्यान्डले तेस्रो गोल गर्ने अवसर पनि सिर्जना गरेको थियो। तर फाबिएन रिडरको प्रहार अल्जेरियाका गोलरक्षकले बचाएपछि अन्तर थप बढ्न पाएन।
यस हारसँगै अल्जेरियाको विश्वकप यात्रा राउण्ड अफ ३२ मै टुंगिएको छ। अल्जेरिया नकआउट चरणबाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ।
हालसम्म राउण्ड अफ ३२ खेलेका ६ अफ्रिकी टोलीमध्ये माेराेक्काे मात्र अन्तिम १६ मा पुग्न सफल भएको छ।
यता स्विट्जरल्यान्डले भने अन्तिम १६ मा स्थान सुरक्षित गर्दै काेलम्बिया र घानाColombia र Ghana बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ।
