`

हरिवंशको ‘हिड माया हिड’(भिडियोसहित)

Nepal One HD ३० मंसिर २०८० १४:४५
मनोरञ्जन

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा हरिवंशकै शब्द र संगीत छ भने स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्। साहस शाक्यको एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् पवन सुस्लिङले खिचेको गीतको भिडियो प्रवीण भट्टले सम्पादन गरेका हुन् । यसअघि पनि हरिवंशले चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याइसकेका छन्


प्रतिक्रिया