कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने
समाचार
काठमाडौँ । कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने भएको छ ।
सरकारले अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो ।
उनको सम्मान सरकारले सोमबार शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
