`

एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट शुरु

Nepal One HD २ पुष २०८० ८:००
प्रमुख खबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । गएको मंसिर २८ र २९ गते बस्ने भनिएको बैठक आजबाट सुरु हुन लागेको हो हो । पार्टी महासचिव घनश्याम भुसालका अनुसार बैठक आज र भोलि बस्नेछ ।

यस बैठकमा देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा र राष्ट्रियसभाको आृउँदो निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने लगायत विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाइएको छ ।


प्रतिक्रिया