`

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

Nepal One HD ३ पुष २०८० १५:२५
प्रमुख खबर

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीको विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाऊ आदेश जारी गरेका हुन् ।

त्यस्तै इजलासले दुवै पक्षलाई छलफलका लागि पुस १६ गते बोलाउने आदेश दिएको छ । सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते रिट दायर गरेका थिए ।

रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ । मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ ।


प्रतिक्रिया