`

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेविसंघको प्रदर्शन

Nepal One HD ४ पुष २०८० १३:१७
प्रमुख खबर

काठमाडौ । मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगाएतका प्ले कार्य प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा बितरण हुन नसकेको बताए । मेलम्ची खानेपानीमा अव पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।


प्रतिक्रिया