`

भक्तपुरमा एकजना प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत फेला

Nepal One HD ८ पुष २०८० १२:२१
समाचार

भक्तपुर । भक्तपुरमा एकजना प्रहरी निरीक्षक आफ्नै घरमा मृत भेटिएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौ दरबन्दी रहेका प्रहरी नायव निरीक्षक उपाध्याय घिमिरे आफ्नै घरमा मृत फेला परेके जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरले जनाएको छ। घटनाबारेमा अनुसन्धान सुरु भएको छ।


प्रतिक्रिया