संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत
विश्व
संयुक्त राष्ट्रसंघीय महासभाले आगामी बर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको बार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।
नियमित बजेटले राजनितिक मामिला अन्तराष्ट्रिय न्याय , क्षेत्रीय सहयोग तथा मानव अधिकार ,सार्वजनिक सूचना लगायतका गतिविधिहरु समेट्छ ।
संयुक्त राष्ट्रसङ्घमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर बर्षलाई समेट्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
