`

सुनसरीको देवानगञ्जका साहबाट स्रोत नखुलेको २० लाख बरामद

Nepal One HD ११ पुष २०८० २१:१३
समाचार

मोरङ, ११ पुस : स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् । निजलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले राससलाई जानकारी दिनुभयो ।


प्रतिक्रिया