चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने
विश्व
चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिबार जनाएको छ। विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने।
आगामी दिनमा यसलाई थप विस्तारगर्ने योजना समेत बनाइएको छ । साथै, सन् २०२४ मा चीनले ‘बेल्ट एण्ड रोड’ परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रिय रूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्य पूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने उड्ड्यन प्रशासनले जनाएको छ । प्रशासनले भिसा र सीमा नियन्त्रण नीति सुधार गर्न र भन्सार क्लियरेन्स प्रक्रियालाई थप सहज बनाउन पनि काम गर्ने बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
