`

प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको विज्ञापन रद्द

Nepal One HD २२ पुष २०८० ८:०२
प्रमुख खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । नाम सिफारिस गर्न छनोट तथा सिफारिस समितिले यसअघि गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको जानकारी दिएको छ ।

समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेको थियो । यसमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।प्रधानमन्त्रीको निर्देशनपछि समितिले प्रकाशित विज्ञापन रद्द गरेको छ । अब प्रावधान सच्याएर नयाँ विज्ञापन खोल्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया