`

अदालतद्वारा काटिएका उद्योगको लाइन यथास्थितिमै जोड्ने आदेश दिन अस्वीकार

Nepal One HD २२ पुष २०८० २१:२२
अर्थ समाचार

सुनसरी । जिल्ला अदालत सुनसरीले विद्युत् लाइन काटिएको रिलायन्स स्पिनिङ मिल्समा यथास्थितिमै पुनः विद्युत जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश टेकबहादुर कार्कीको इजलासले अन्तरकालिन आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले बक्यौता रहेका उद्योगलाई ६० किस्तामा भुक्तानीको सुविधा दिने निर्णय विद्युत् प्राधिकरणले गरेकाले लाइन काटिसकेको अवस्थामा यथास्थितिमै पुनः जडानको आदेश जारी गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ ।


प्रतिक्रिया