`

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Nepal One HD २४ पुष २०८० १४:२४
अर्थ समाचार

चितवन / उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमवार भएको निर्वाचनवाट सुमन कुमार श्रेष्ठले प्रतिष्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन् । श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए । संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै बहुमत प्राप्त गरेको छ । श्रेष्ठ प्यानल वाट बरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुबेदी, उद्योगतर्फवाट अशोक अधिकारी बाणिज्यतर्फवाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फ वाट नारायण प्रधान बिजयी भएका छन् ।

उद्योग बाणिज्य सघ चितवन २०७९–८० का तृतिय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको २०८०–८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले मतदाताहरुलाई धन्यबाद दिनु हुदै आफुले प्रस्तुत गरेको एजेण्डामा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफु व्यवसायीहरुको माझमा रहेर र उद्योग बाणिज्य सघले गरेको काम कार्यहरु व्यवसायीहरुलाई जानकारी गराउने उनले बताए ।

पराजित उम्मेदवार पन्तले अध्यक्ष श्रेष्ठलाई बधाई दिनु हुदै ब्यबशायीकहरुको हकहितका एजेण्डामा काम गर्नु हुन आग्रह गरे ।


प्रतिक्रिया