पोखरामा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

समाचार

पोखरा । पोखराको लेकसाइडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर एक जना इन्जिनियरको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रवीण भट्टराईको मृत्यु प्रहरीले जानकारी दिएको छ ।
निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा मंगलबार दिउँसो १ बजे घरको पाँचौ तलाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो साढे दुई बजे उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट