राप्रपामा थामिएन पहिराे, भूपू सैनिक संगठन अध्यक्षसहित ११७ जनाले छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत नेतृत्व तहका ११७ जनाले राप्रपामा वैचारिक विचलन भएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत गतिविधि गरेकाे भन्दै सामूहिक राजीनामा दिएका छन् ।
राप्रपा परित्याग गर्नेहरुमा राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनका अध्यक्ष प्रकाशजंग कार्की, उपाध्यक्ष चन्द्रप्रकाश चापागाई, महासचिव उत्तम बोगटी, कोषाध्यक्ष विष्णु गिरी, सचिवहरु अच्युत आचार्य तथा नरबहादुर क्षेत्री, पदाधिकारीहरु अमरसिंह थापा तथा प्रतापबहादुर थापा, केन्द्रीय सदस्यहरु रवीन्द्र भण्डारी, नरेन्द्रकुमार सिलवाल, नारायणप्रसाद घिमिरे, शिव महत, विष्णु रिमाल, रामकुमार केसी, जयबहादुर कार्की, महेश्वर अधिकारी, केबी थापा, दिपक चौधरी, नारायण कँडेल, डम्बर भण्डारी, तोमबहादुर आचार्य, शिवराज कार्की, बसन्त थापा, कृष्णबहादुर श्रेष्ठ र नवल खड्का छन् ।
यसैगरी काठमाडौं, बारा, दाङ, ओखलढुंगा, धादिङ, कञ्चनपुर र तनहुँ जिल्लाका भूतपुर्व सैनिक संगठनका जिल्ला समितिहरुले समेत राप्रपा परित्याग गरेको संगठनको सचिव पदबाट राजीनामा दिएका अच्युत आचार्यले बुधबार जानकारी दिए ।
संगठनका काठमाडौं जिल्ला अध्यक्ष प्रेमकुमार तामाङ, सदस्यहरु ताराबहादुर खत्री, खम्बध्वज लामा, प्रकाश गुरुङ, खड्ग भुवन श्रेष्ठ, लोकबहादुर तामाङ, भोजबहादुर भुजेल र कृष्णबहादुर लामाले राप्रपा परित्याग गरेका छन् ।
बारा जिल्ला अध्यक्ष बमबहादुर कुँवरसमेत जिल्ला कार्य समिति, ओखलढुंगा जिल्ला अध्यक्ष प्रमोदकुमार केसीसहितकाे जिल्ला कार्य समिति, दाङ जिल्ला अध्यक्ष बच्चुराम चौधरी सम्मिलित जिल्ला कार्य समिति, धादिङ जिल्ला अध्यक्ष विनोदकुमार कार्कीसमेत जिल्ला कार्य समिति, कञ्चनपुर जिल्ला अध्यक्ष गोरख पुजारा समेत जिल्ला कार्य समिति र तनहुँ जिल्ला अध्यक्ष भोज बहादुर ठकुरी समेत जिल्ला कार्य समितिले राप्रपासँगको सबै आवद्धता परित्याग गरी राजीनामा दिएका छन् ।
यसैबीच भूतपूर्व सैनिक संगठनका कास्की जिल्ला अध्यक्ष गणेश क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विधानविपरित चलेको भन्दै असन्तुष्टी व्यक्त गर्दै खेद प्रकट गरेका छन् ।
