`

दश किलो गाँजासहित एक जना पक्राउ

Nepal One HD १८ माघ २०८० ६:४८
समाचार

बारा – दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।


प्रतिक्रिया