दर्ता नभएका जग्गा सरकारले लिनुपर्छ : नारायणमान बिजुक्छे
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताउनु भएकहो छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताउनु भएको हो । उहाँले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि भैरहेको अवरोधलाई प्रतिगामी कदम भन्दै बिजुक्छेले यस्ता कार्यको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन गरिएको बताउदै सुरु भएको प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका बाइस सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताउनुभयो ।
नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गर्र्दै आएको बताउनुभयो ।माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल १५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन सत्र अगाडि नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिहरु, स्वयम्सेवकहरु, धिमे बाजा, विभिन्न विद्यालयहरु र प्रतियोगी खेलाडीहरु, नपाका खेलकुद प्रशिक्षार्थीहरु, टीम, क्लब, पुस्तकालय, सहकारी संस्थाका प्रतिनिधि सहभागि ¥याली दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटीहुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।
