शान्तिवाटिकामा धर्नामा बसेकालाई नगर प्रहरीले हटायो


काठमाडौँ / काठमाडौँ महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरुलाई हटाएको छ । मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरुको सवै सामानहरु निकालेर उनीहरुलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरु शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केहि समूह सोहि स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।
शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ । धर्नाका बसेकाहरुले भने महानगरको कदमको विरोध जनाएका छन् । राज्यलाई आफुहरुको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना जानकारी हटाइएको उनीहरुको भनाइ छ । उनीहरुले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन् ।
धर्नामा बसेकाहरुलाई हटाएपछि महानगरले शान्तिबाटीकामा ताला लगाएको छ ।