`

इजराइलमाथि हमासको आक्रमण ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी–विरोधी नरसंहार’– म्याक्रोन

Nepal One HD २४ माघ २०८० २०:५६
विश्व

फ्रान्सेली पीडितहरूलाई श्रद्धाञ्जलि दिनका लागि बुधबार आयोजित एक समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आक्रमणलाई ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी–विरोधी नरसंहार’ बताउनुभएको छ ।

उहाँले प्यालेस्टिनी लडाकू समूहको आक्रमणलाई बर्बरता भन्दै ऊ यहुदी–विरोधबाट सिञ्चित छ र यसको प्रचार गर्छ भन्नुभयो । साथै उहाँले व्यापक यहुदी–विरोधसामु नझुक्ने वाचा गर्नुभयो

पेरिसमा इनभेलाइड्स मेमोरियल कम्प्लेक्समा आयोजित समारोहमा हमासद्वारा इजराइलमा मारिउका ४२ फ्रान्सेली नागरिकलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो । अन्य तीन नागरिक बेपत्ता छन् र उनीहरूलाई बन्धक बनाइएको विश्वास गरिएको छ ।

राष्ट्रपति म्याक्रोनले बाँकी फ्रान्सेली बन्धकहरूको रिहाइका लागि ‘हरेक दिन’ काम गर्ने बताउनुभयो । उहाँले तिनीहरूको कुर्सी खाली रहेको बताउनुभयो । “कुनै पनि कुराले आतङ्कवादलाई न्यायोचित भन्न सकिँदैन र माफ गर्न सकिँदैन”, उहाँले भन्नुभयो । उहाँले गाजापट्टीमा इजराइलको बमबारीबाट फ्रान्सेली पीडितहरूलाई सम्झिने अवसर प्रदान गने बताउनुभयो । 

आधिकारिक इजराइली आँकडाको आधारमा एएफपीका अनुसार अहिलेसम्म सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो ।

हमास लडाकूहरूले करिब दुई सय ५० बन्धकलाई आफ्नो कब्जामा लिएका छन् । इजराइलले गाजामा एक सय ३२ रहेका र तिनमा २९ जनाको मृत्यु भइसकेको बताएको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र हवाई तथा स्थल आक्रमण गरेको छ । आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २७ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ ।

युद्धलाई ‘पीडाको आँधी’ भन्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “फ्रान्सको नजरमा सबैको जीवन समान र अमूल्य छ ।” उहाँले फ्रान्सले ‘बदलाको भावनालाई कहिले पनि अनुमति दिने छैन’ र ‘यी चुनौतहरूमा हामीलाई कुनै पनि कुराले विभाजित गर्नुहुँदैन’ भन्नुभयो । उहाँले फ्रान्स ‘मध्यपूर्वमा सबैका लागि शान्ति र सुरक्षाको आकांक्षाहरूको जवाफ दिनका लागि’ सबैथोक गर्ने बताउनुभयो ।


प्रतिक्रिया