क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित

खेलकुद

काठमाडौ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन जोडेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा १ सय १७ रन जोडेर अल आउट भएको थियो ।
शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट