`

हुलाकका १६ सय ३६ दरबन्दी खारेज

Nepal One HD २५ माघ २०८० १९:५१
प्रमुख खबर

काठमाडौं । सरकारले हुलाकको एक हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले हुलाक विभागअन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको हो । सरकारले एउटा पालिकामा एउटामात्रै हुलाक कायम गर्ने गरि संरचना परिवर्तन गर्ने समेत निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

सरकारले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।प्रवक्ता रेखा शर्माका अनुसार सरकारले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया