`

क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त

Nepal One HD २६ माघ २०८० १८:५२
राजनीति

काठमाडौँ, २६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१)अनुसार मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौड्याललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।


प्रतिक्रिया