`

राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

Nepal One HD २६ माघ २०८० २०:१६
राजनीति

मकवानपुर, २६ माघ : बागमती प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले प्रदेशका जनताको जनजीविका र राष्ट्रिय गौरवका आयोजनाका विषयमा संसद्मा तत्काल छलफल गर्न सरकारलाई हिउँदे अधिवेशन बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बाह्य शक्तिको बढ्दो प्रभावबाट राष्ट्रियतामाथि आँच पुगेको र पार्टीको सङ्गठनात्मक स्वरुप तथा संसद्मा खेल्नुपर्ने भूमिकाको सन्दर्भमा समीक्षा गरिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले राससलाई बताउनुभयो ।उहाँले प्रदेश सरकारलाई राष्ट्रिय गौरवका आयोजना बाँडफाँट, संसद्मा रहेका प्रतिपक्ष दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न र प्रदेशमा सुशासन तथा भ्रष्टाचारमुक्त तुल्याउन केही दिनभित्रै राप्रपा संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया