नामिबिया विरुद्ध नेपालको फितलो प्रर्दशन, १३३ रनको लक्ष्य प्रस्तुत


काठमाडौ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई जीतका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा टस जितेर वलिङ रोजेको नामिबियालाई नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन जोडेको हो ।
नेपालका लागि भीम सार्कीले सबैभन्दा बढी ४४ रन बनाए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । गुलसन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ रन बनाए । पवन शर्राफले १२ रन बनाएर आउट भए । नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २/२ विकेट लिए ।
खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने ।