लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपालको सान्दार जित


काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज भएको खेलमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस जितेर पहिला वलिङ गरेको नेपालले नेदरल्याण्डस्लाई ब्याटिङको निम्तो पाएको थियो । उसले ३९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाएको थियो ।
नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले सबैभन्दा धेरै ४ विकेट लिए । यस्तै, ललितनारायण राजवंशीले २ विकेट लिए भने सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए । नेदरल्याण्ड्सका स्कट एजवार्डले सबैभन्दा धेरै ३३ रन बनाए । उनले ४९ वलमा एक चौकाको मद्धतले ३३ रन जोडेका हुन् ।