`

नामिबियाले पायो १६९ रनको मध्यम लक्ष्य

Nepal One HD ९ फागुन २०८० १२:१६
खेलकुद

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको नेपालको तेस्रो खेलमा नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर बाटिङको निमतो पाएको नेपालले ३७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो । नेपालका आशिफ शेखले सबैभन्दा धेरै ५८ रन बनाएका छन् । उनले ६४ वलमा ८ चौका र एक छक्का प्रहार गर्दै ५८ रन जोडेका हुन् ।
यस्तै, कुशल मल्लले ५२ वल खेल्दै ३६ रन जोडे भने भीम सार्की २६ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेलले १८, करण केसीले १२, दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन मात्रै जोडे । नेपालले रनमा आशा गरेको खेलाडी देव खनाल, अनिल साह र कप्तान रोहित पौडेल भने शुन्य रनमा आउट भएका छन् ।

लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया