`

रास्वपाले भन्यो-संघ–संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति छैन

Nepal One HD ९ फागुन २०८० १४:०५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ–संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको बताएको छ । बुधबार विज्ञप्ति जार गरी रास्वपाले विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समितिमा भागवण्डाको आधारमा नेतृत्व छनोट गर्ने परम्पराको विपक्षमा रास्वपा रहेको बताएको हो ।

रास्वपाले समर्थक व्यक्तिगत रूपमा सामुदायिक संघ संस्थामा आवद्ध हुन सक्ने भएपनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सामुदायिक संस्था स्थापना÷सञ्चालनको उद्देश्य गैरराजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता छ ।’


प्रतिक्रिया