`

नामिबियासंग नेपाल २ विकेटले पराजित

Nepal One HD ९ फागुन २०८० १५:१८
खेलकुद

काठमाडौ । आईसीसी क्रिकेट वल्र्डकप लिग टूमा नामिबियासंग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपूरमा आज भएको खेलमा नामिबियाले नेपाल लाई २ विकेटले पराजित गरेको हो । टस हारेर बाटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उक्त लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
नेपालका आशिफ शेखले सबैभन्दा धेरै ५८ रन बनाएका थिए । उनले ६४ वलमा ८ चौका र एक छक्का प्रहार गर्दै ५८ रन जोडेका हुन् ।

यस्तै, कुशल मल्लले ५२ वल खेल्दै ३६ रन जोडे भने भीम सार्की २६ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेलले १८, करण केसीले १२, दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन मात्रै जोडे । नेपालले रनमा आशा गरेको खेलाडी देव खनाल, अनिल साह र कप्तान रोहित पौडेल भने शुन्य रनमा आउट भएका छन् । सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।


प्रतिक्रिया