क्यानडा ११ ले उचाल्यो सिरिज, नेपाल ए ४ विकेटले पराजित

खेलकुद

काठमाडौ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडा ११ ले नेपाल ए लाई ४ विकेटले हराएको छ ।
सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
क्यानडाको लागि निकोलस किर्तोनले सबैभनदा धेरै ७१ रन बनाए । नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक एक विकेट रह्यो ।
यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमालले २७ रन, बसिर अहमदले २४, सन्दीप जोराले २४ रन जोडेका थिए । सुजन थपलियाले २० रन, रासिद खान र प्रतिश जीसी समान १९ १९ रन बनाएका थिए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ र२ विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट