अध्यक्ष ठाकुरलाई गति बढाउनलाई गियर चेन्ज गर्न महासचिव झाको पत्र
प्रमुख खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाउँदै १६ वर्ष मधेशको नेतृत्व गरेको सन्दर्भमा श्वेतपत्र जारी गर्न आग्रह गरेका छन् । झाले कांग्रेस परित्याग गरेर मधेश राजनीतिमा होमिँदा ठाकुरले ‘बाँचे भने मधेशमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको बास बस्छु’ भनेको स्मरण गराउँदै पत्र पठाएका छन् ।
उनले पत्रमा भनेका छन्, ‘आज १६ वर्ष भयो, मधेशको नेतृत्व यहाँले गरिराख्नु भएको छ। स्वमुल्याङ्कन गर्ने बेला भयो कि? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू? तमलोपा देखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो? मधेशी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि?’झाले ठाकुरलाई गति बढाउनलाई गियर चेन्ज गर्ने बेला भएको सुझाव पनि दिएका छन् । 

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
