नेदरल्याण्ड्सले पायो १७३ रनको मध्यम लक्ष्य

खेलकुद

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपूरमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन जोडेको हो ।
नेपालका लागि सबैभन्दा धेरै कुशल भूर्तेलले ६६ रन बनाए । उनले ९३ वलमा ८ चौका प्रहार गरी ६६ रन जोडेका हुन् । यस्तै, करण केसीले २६, आरिफ शेखले २२, आशिफ शेख १७, रोहित पौडेल १६, गुल्सन झा ५, अनिल साह ७ रन बनाएर आउट भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट