`

इलाम–२ र बझाङ–१ मा वैशाख १५ गते उपनिर्वाचन हुने

Nepal One HD १३ फागुन २०८० १३:३५
प्रमुख खबर

काठमाडौँ । इलाम–२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ–१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।


प्रतिक्रिया