`

तीन मन्त्रीको राजीनामाकाबारेमा प्रधानमन्त्रीले संसद्मा आजै जवाफ दिनुपर्छः एमाले

Nepal One HD १४ फागुन २०८० ११:३९
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको पुनः राजीनामा माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् । उनले तीनजना मन्त्रीको राजीनामा सम्बन्धमा आजै संसदमा जवाफ दिनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा आजै जवाफ दिनुपर्छ, हामीले गफ सुन्न चाहेका छैनौं । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन।’

एमालेले निरन्त रुपमा यसबारेमा सरकारको जवाफ मागिरहेको छ । तर सरकारले यसबारेमा जवाफ दिएको छैन । ललिपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुधन किराँतीले राजीनामा गर्नुपर्ने एमालेको माग छ ।


प्रतिक्रिया