राप्रपा सत्ता केन्द्रीत चलखेलमा सहभागी हुदैँन : अध्यक्ष लिङ्देन (भिडियो सहित)


काठमाडौँ / राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा उनले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन् ।
उनले पछिल्लो राजनीतिक घटना क्रमले आफुहरुको आन्दोलनको अनुकुल वातावरण बनेको जिकिर गरेका छन् । अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै बिकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उनले बताए । उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राखेका छन् ।
अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उनले बताए ।