नेटो अभ्यासले तनाव निम्त्याउँछ- रुस


हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गर्नु भएको छ ।युरोपमा जारी सैन्य अभ्यास “रूससँग सशस्त्र टकरावको परिदृश्य” जस्तो प्रतीत हुने पत्रुशेभले उल्लेख गर्नु भएको छ ।
“वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,” उहाँले टिप्पणी गर्नुभयो ।
सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा “वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको बताउनु भएको छ ।
नेटो ब्लकले एशिया-प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उहाँको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको “बढ्दो आक्रामक प्रकृति” झल्काउँने बताउनु भएको छ ।
‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ। करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौंपछुको ठूलो युद्ध खेल हो।