`

बेइमानीको राजनीति धेरै समय नटिक्ने नेता कोइरालाको भनाई

Nepal One HD २९ फागुन २०८० ६:३१
राजनीति

मध्यविन्दु (नवलपरासी) – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउनुभयो ।

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भन्नुभयो ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया