प्रधानमन्त्रीका कारण मुलुकमा अस्थीरता उत्पन्न भयो : नेता ढुंगाना
राजनीति
काठमाडौँ / नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री प्रचण्डका कारण मुलुकमा अस्थीरता उत्पन्न भएको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा ढुंगानाले पटक पटक सरकार परिवर्तन गरेर प्रचण्डले मुलुकमा अस्थीरता निम्ताएको बताएका हुन् ।
प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिएपनि पटक पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उनले बताए । उनले प्रधानमन्त्रीको कदम र बोलेका कुराले व्यवस्था विरोधी शक्तिहरुलाई बल पुराउने काम भएको जिकिर गरेका छन् ।
ढुंगानाले मुलुकमा कुनैपनि दुर्घटना भए त्यसको भारी प्रधानमन्त्रीले बोक्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
