`

एमाले बैतडी अध्यक्षमा विक चयन

Nepal One HD २९ फागुन २०८० २०:३२
राजनीति

बैतडी, २९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन हुनुभएको छ । जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन हुनुभएको नेकपा (एमाले) बैतडीले जनाएको छ ।


प्रतिक्रिया