`

बङ्गलादेश सरकार र युनिसेफ बालअधिकारका विषयमा सहकार्य गर्दै

Nepal One HD २ चैत २०८० ७:४२
विश्व

बङ्गलादेश सरकारले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) सँगको सहकार्यमा १ हजार २०० भन्दा बढी सामाजिक कार्यकर्ताहरूलाई विभिन्न बाल संरक्षण सेवामा नियुक्त गरेको छ। सरकारको यस कदमबाट देशभरका बालबालिकाका साथै परिवारको सहयोग र कल्याणको सुनिश्चितता गर्ने सरकारको प्रयासलाई महत्त्व दिएको युनिसेफले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बाल संरक्षण सामाजिक सेवाहरूमा उनीहरूको एकीकरणका लागि पहिलो चरणको रूपमा बङ्गलादेशको सामाजिक सेवा विभाग र युनिसेफले संयुक्त रूपमा ढाकामा बिहीबार सामाजिक कार्यकर्ता लक्ष्यित प्रशिक्षकहरूको तीन दिने प्रशिक्षण सम्पन्न गरेका छन् ।

सरकार र युनिसेफले बाल संरक्षणका क्षेत्रमा सहकार्य गर्दै बालबालिका र परिवार बीचको खाडल कम गर्न, आपत्कालीन अवस्थामा र समस्या परेका बालबालिकालाई आवश्यक सहयोग पुर्याउनुका साथै उनीहरूको बालअधिकारका विषयमा सजग गराउने प्रयासमा पनि यो कदम महत्त्वपूर्ण हुने अपेक्षा गरेका छन् ।

बालअधिकार संरक्षण र प्रवर्धन गर्ने कार्यमा प्रशिक्षित कार्यकर्ताहरूले रचनात्मक भूमिका खेल्ने र सरकार र युनिसेफको लक्ष्यलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।


प्रतिक्रिया