राहदानी नविकरणका लागि पूर्वराजदम्पती आफैं पुगे राहदानी विभाग
समाचार
काठमाडौं । पूर्वराज दम्पतीले राहदानी विभाग पुगेर राहदानी नविकरण गरेका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह राहदानी नविकरण गरेका हुन् ।
पूर्वराजदम्पती राहदानी विभाग पुगेर राहदनी नविकरण गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।उनले तस्बिर सामाजिक संजालमा राख्दै लेखेका छन्, ‘राहदानी विभागमा स्वयं उपस्थित भएर राजा रानीले पासपोर्ट रिन्यु गर्ने कार्यको उच्च प्रशंसा गर्दछु । शालीन, भद्र र गरीमामय । हामीले परिकल्पना गरेको राजसंस्था यस्तै हो। जनताको राजा, नागरिक राजा । राहदानी विभागका राष्ट्रसेवकहरुको सम्मान पनि प्रशंसनीय लाग्यो ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
