बालेन सरकारविरुद्ध बोलेपछि गगन थापामाथि प्रहरी निगरानी बढेको दाबी
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस सचिवालयले सभापति गगनकुमार थापामाथि सरकारले प्रहरी निगरानी बढाएको दाबी गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसी नियुक्त गरिएसँगै निगरानी थप बढेको कांग्रेसको भनाइ छ।
प्रधानमन्त्री वालेन्द्र शाहका कदमको विरोधमा थापा आक्रामक बनेपछि उनको निवास, कार्यालय र भेटघाटका स्थानमा निगरानी भइरहेको सचिवालयका सदस्यहरूले बताएका छन्।
इनम सापकोटाको बयान प्रकरणमा सोधपुछका नाममा थापालाई पक्राउ गर्ने तयारी भइरहेको आशंकासमेत कांग्रेसले व्यक्त गरेको छ। महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्रको कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने बताएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
