`

विश्वप्रकाशको प्रश्न : ‘तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’

Nepal One HD १९ कार्तिक २०८३ १७:४५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारमाथि असुरक्षा बढेको भन्दै सञ्चारकर्मीको सुरक्षा अवस्थाबारे प्रश्न उठाएका छन् ।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकारहरू प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताए । तर, पत्रकारहरूको हातमा कालोपट्टी नदेखेपछि उनीहरूले आफ्नै सुरक्षाबारे आवाज उठाइरहेका छन् कि छैनन् भन्ने जिज्ञासा व्यक्त गरे ।

‘प्रतिपक्षी दलको कार्यालयमै पुगेर बुम अगाडि तेर्स्याउँदै प्रश्न गर्दा पत्रकार साथीहरूको हातमा कतै न कतै कालोपट्टी देखिएला भन्ने लागेको थियो,’ शर्माले भने ।

पत्रकारहरूले आफ्नो असहमति र विमति खुलेर राख्न सक्नुपर्ने उनको भनाइ थियो । प्रतिपक्षी दलको कार्यालयमा मात्र होइन, सिंहदरबारदेखि बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि सञ्चारकर्मीले आफ्ना प्रश्न, असन्तुष्टि र विरोध निर्भीक रूपमा व्यक्त गर्न सक्नुपर्ने उनले बताए ।

पत्रकारहरूका हातमा कालोपट्टी नदेखिएको प्रसंग उठाउँदै शर्माले सञ्चारकर्मीलाई नै सोधे, ‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले सबैभन्दा पहिले तपाईंहरूलाई सोध्न चाहन्छु– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *