`

नयाँ आईजीपी मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै

Nepal One HD १९ कार्तिक २०८३ १६:४८
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ ।

गृह मन्त्रालयमा बुधबार साँझ आयोजना हुने समारोहमा उनलाई प्रहरी प्रमुखको फुली लगाइनेछ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गृह सचिव केदारनाथ शर्माले केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि केसी नयाँ प्रहरी प्रमुख नियुक्त भएका हुन् ।

नेपाल प्रहरीको ३४औँ महानिरीक्षक बनेका डा. केसीले अबको १७ महिना प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *