`

आईजीपीबाट हटाइएपछि कार्की सर्वोच्च जाने तयारीमा

Nepal One HD १९ कार्तिक २०८३ १५:२१
राजनीति

काठमाडाैं । आईजीपी दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको जानकारी दिए ।

सरकारले भने यसलाई कारबाही नभई जिम्मेवारी हेरफेर भएको दाबी गरेको छ । प्रवक्ता पोखरेलका अनुसार अब कार्कीले प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी विषयमा सल्लाह दिनेछन् ।

तर सरकारको निर्णयप्रति असन्तुष्ट कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् । साथै, यसका लागि उनले कानुनी परामर्शसमेत थालेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *