दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ
राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् ।
कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । कार्कीले धनुषा क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव पराजित गरेका थिए । कार्कीले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हालेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
